कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

बुढीराप्तीमा पनि देखियाे दुर्लभ डल्फिन

भाद्र ९, २०८१
बुढीराप्तीमा पनि देखियाे दुर्लभ डल्फिन

चितवन — बुढीराप्ती खाेलामा पनि दुर्लभ हुँदै गएकाे जलचर डल्फिन देखा परेकाे छ । बिहीबार दिउँसाे राप्ती नदीमा पनि डल्फिन देखिएकाे थियाे । बुढी राप्ती खाेला राप्ती नदी मै गएर मिसिन्छ ।

रत्ननगर साैराहा आडकाे बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनकाे बीचबाट बग्ने बुढी राप्तीकाे डुंगाघाटमा आइतबार बिहान रवि श्रेष्ठले डल्फिनकाे फाेटाे र भिडिओ खिचेका हुन् । राप्ती मै देखिएकाे डल्फिन बुढी राप्तीमा आएकाे हुन सक्ने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तमाङले बताए ।बुढीराप्ती खाेरसाेरभन्दा केही तल पुगेर राप्तीमा मिसिन्छ ।

नारायणीमा खास गरेर मेघाैलीभन्दा तल नवलपुरकाे अमलटारी आसपासमा केही वर्षयता यता फाट्टफुट्ट डल्फिन देखिन्थ्याे । याेपटक गत चैत्रमा नारायणी नदीकाे माथिल्लाे क्षेत्र नारायणगढ बजार आडमा नै डल्फिन देखिएकाे थियाे । राप्तीमा २०३२/३३ साल तिर कसरा नजिक एकपटक डल्फिन देखिएकाे र त्यसयता कहिल्यै नदेखिएकाे चितवन निकुञ्ज स्थनपनाकाल २०३० देखि नै कार्यरत अवकाश प्राप्त पूर्व संरक्षण अधिकृत रामप्रित यादव बताउँछन् ।


प्रकाशित : भाद्र ९, २०८१ ११:१४
x
×