कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

परराष्ट्र प्रवक्ता भन्छन्, ‘नेपाल-भारतको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो’

श्रावण २८, २०८१
परराष्ट्र प्रवक्ता भन्छन्, ‘नेपाल-भारतको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो’

काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने भ्रमणका दौरान दुई मुलुक बीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले बताएका छन् ।

भ्रमणबारेमा मिडियासँग बोल्दै राईले भने,‘सबै संयन्त्रहरूलाई सक्रिय बनाएर आगामि दिनमा दुई मुलुकबीचको सम्बन्धलाई सुदृढ बनाउने र क्रियाशील बनाउने विषयमै छलफल भएको हो ।’

उनले नेपाल र भारतबीचको सम्पूर्ण पक्षहरूको रिभ्यु गर्ने र आगामी दिनमा कसरी बढ्ने भन्ने कुराहरूबारेमा समग्रमा छलफल भएको बताएका हुन् ।

‘यो कुनै संयन्त्रको बैंठक होइन, एक प्रकारले भन्ने हो भने भारतीय विदेश सचिवको यो परिचयात्मक भ्रमण हो । परिचयात्मक विषयमा भ्रमण भए पनि विभिन्न विषयमा छलफल भएको छ,’ उनले भने,‘नेपालमा भारतबाट सञ्चालित विभिन्न परियोजनाहरू छ । हाम्रो दुई मुलुकको बीचमा विभिन्न संयन्त्रहरू छन् । ती संयन्त्रहरूको बैंठक आगामि दिनमा सुचारु गर्नु पर्छ भन्ने र अगाडि कसरी जाने भन्ने हो ।’

उनले भारतमा विदेश सचिवको नियुक्त भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने गरेको परम्परा गरेको पनि उल्लेख गरे । ‘त्यही क्रममा नेपाल आउनुभएको हो । यो भ्रमणमा विशुद्ध छलफल भएको छ । यसमा विगतमा भएका विभिन्न सम्झौताहरू, भारतीय सहयोगमा सञ्चालित कार्यक्रमहरू छन् । र, दुई मुलुकबीच थ्रुपै संयन्त्रहरू छन् । त्यसलाई कसरी सक्रिय बनाउने भन्ने बारेमा छलफल भयो,’ उनले भने ।

उनले दुई मुलुकबीचमा द्वीपक्षीय विदेश सचिवस्तरीय र परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र रहेको पनि बताए । उनले भने,‘यस्तै, जलस्रोतको बेग्लै, सुरक्षाको बेग्लै संयन्त्रहरू छन् ।’

प्रकाशित : श्रावण २८, २०८१ १७:१८
×