डाक्टरहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन- 'कार्यालय समयमा निजी क्लिनिक र मेडिकलतिर काम नगर्नू'

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

Health Minister's instructions to doctors - 'Do not work in private clinics and medical offices during office hours'

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग, अस्पताल तथा स्वास्थ्य केन्द्रलाई कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकलमा काम नगर्न निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले शुक्रबार जुम मिटिङ गरी ठूला अस्पतालका वरिष्ठ चिकित्सकहरु नै अस्पताल समयमा उपस्थित नहुने र कार्यालय समयसम्म नबस्ने प्रवृत्ति देखिएको भन्दै यसलाई कडाईका साथ लागु गर्न निर्देशन दिएका हुन् । 

मिटिङमा वीर, टिचिङ, पाटनलगायत मुलुकभरका ठूला अस्पतालका निर्देशकहरु सहभागी भएका थिए । मन्त्री पौडेलले सामान्य शल्यक्रिया गराउन पनि एक वर्षसम्म पालो कुनुपर्ने भन्दै सबै मिलेर अस्पताल सुधारमा लाग्न आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले सेवाग्राहीको सहज बनाउन ल्याबको रिपोर्ट अनलाइन मार्फत प्राप्त गर्ने व्यवस्था गर्न, विद्युतीय भुक्तानी, आइसीयू कक्ष, सोधपुछ तथा गुनासो सुन्ने कक्ष व्यवस्थापन, काउन्टर थप गर्न निर्देशन दिए ।

मिटिङमा सबै अस्पतालका निर्देशकहरुले आ–आफ्नो क्षेत्रबाट अस्पताल सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

कान्तिपुर

Link copied successfully