परराष्ट्रमन्त्री राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

श्रावण ११, २०८१

कान्तिपुर संवाददाता

Courtesy meeting of Ambassador of European Union with Foreign Minister Rana

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् । 

मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा शुक्रबार भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । 

कान्तिपुर

Link copied successfully