कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी र ६ सदस्य नियुक्त

श्रावण १०, २०८१
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी र ६ सदस्य नियुक्त

काठमाडौँ — मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई पनि नियुक्त गरिएको छ ।

प्रकाशित : श्रावण १०, २०८१ १७:२२
×