कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मनसुनयता बाढीपहिरोमा परी १ सय ३३ को मृत्यु, १ सय ४५ जना घाइते

काठमाडौँ — मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । 

मनसुनयता बाढीपहिरोमा परी १ सय ३३ को मृत्यु, १ सय ४५ जना घाइते

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी एक सय ४५ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ६७ जनाको उद्धार गरिएको छ । बाढीपहिरामा परी सात जना बेपत्ता रहेको जनाइएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार १८ परिवार विस्थापित भएका छन् ।


प्रकाशित : श्रावण ८, २०८१ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×