एमालेको ९९ बुँदे सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने- 'मुलुकको अग्रगमन उच्च प्राथमिकतामा'

श्रावण ४, २०८१

कान्तिपुर संवाददाता

Understanding the 99-point recommendation of UML, Prime Minister Oli said - 'The country's progress is a top priority'.

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्‍याउन आह्वान गरेका छन् । 

शुक्रबार सिंहदरबारमा नकेपा एमालेको सुझाव पत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले  मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध भएर काम गर्ने बताए । 

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, 'सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।'

एमालेका महासचिव शंकर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए। एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए  ।

कान्तिपुर

Link copied successfully