काठमाडौँ — कांग्रेस र एमाले लगायतका दल मिलेर नयाँ समीकरण बन्ने तय भइसकेपछि पनि कामचलाउको हैसियतमा रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले बिहीबार जाँदा-जाँदै चीनसँग जोडिएको एक विषयमा समेत निर्णय लिएको छ ।
सुचना तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल र चीन सरकारबीच हस्ताक्षर हुने स्टेन्थेनिङ द डेभलपमेण्ट कोअप्रेशन इन बिल्डिङ द ट्रान्स हिमालयन मल्टी डाइमेन्सन कनेक्टिीभिटी नेटवर्क विषयक समझदारी पत्रमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो ।
तर त्यस सम्बन्धमा मन्त्री शर्माले थप ब्याख्या भने गरेकी छैनन् । साथै, सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
