कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

युवा रोजगारको लागि ३ अर्ब बजेट विनियोजन 

काठमाडौँ —  सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले युवा रोजगारीको लागि रु ३ अर्ब विनियोजन गरेको बताएका छन् ।

युवा रोजगारको लागि ३ अर्ब बजेट विनियोजन 

संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै मन्त्रीपुनले युवाको क्षमताको अभिवृद्धि गरी अर्न्तनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादन मुलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्चालन गरिने बताए ।

यस कार्यक्रम अन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा उद्योग, व्यवसाय, कृषी तथा पशुपंक्षी र्फम, होटल, पर्यटन र निर्माण क्षेत्र लगायतमा तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने उनले दाबी गरे ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति आफूहरूलाई दिनुपर्ने प्रमुख प्रतिपक्षी दल माओवादीको मागबारे तपाईंको धारणा के छ ?

×