पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको प्रश्न- ठगलाई ठग, चोरलाई चोर भन्न डराउनुपर्ने ?

जेष्ठ ९, २०८१

कान्तिपुर संवाददाता

Former Chief Election Commissioner Pokharel's question - Should we be afraid to call a thug a thug and a thief a thief?

काठमाडौँ — पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सत्य कुरा लेख्ने र बोल्नेमाथि चौतर्फी आक्रमण गरी मानमर्दन गर्ने काम भइरहको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ठगलाई ठग, चोरलाई चार भन्न डराउनुपर्ने ? भन्ने प्रश्न समेत गरेका छन् । ‘सत्य कुरा लेख्ने र बोल्ने उपर चौतर्फी आक्रमण गरी मानमर्दन गर्ने, जसले बढी लुटे–लुकाएको छ उसको हाइहाइ हुने, इमान्दारले लुक्नु र डराउनु पर्ने अनि फटाहा र बदमास वाहवाही पाउने कस्तो समाज निर्माण गर्दैछौं हामी ?,’ उनले प्रश्न गरेका छन् ।

यस्तो अवस्थाले हामीलाई कहाँ पुर्‍याउला भन्दै पूर्वनिर्वाचन आयुक्त पोखरलेले जिज्ञासा राखेका छन् ।

कान्तिपुर

Link copied successfully