कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

हिमालय क्षेत्रमा स्वच्छ पानीबारे चर्चा

काठमाडौँ — चार मुलुकका विषय प्रतिनिधिहरु भेला भएर हिमालय क्षेत्रमा स्वच्छ पानीबारे चर्चा गरिएको छ । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) मा भएको हिमालयन फ्रेस वाटरसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा नेपाल, भुटान, बंगलादेश र भारतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

हिमालय क्षेत्रमा स्वच्छ पानीबारे चर्चा

पहिलो कार्यशाला सन् २०२३ मा भारतमा आयोजना गरिएको थियो भने तेस्रो कार्यशाला २०२५ मा भुटानमा आयोजना गर्ने योजना छ । आयोजित कार्यशालाको केन्द्रीय विषयवस्तु भनेको सेवा र जोखिमको मूल्यांकन थियो । कार्यशाला नेपाल इन्जिनियरिङ कलेज (एनईसी) ले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुर्की (आईआईटी–रुर्की) सँगको सहकार्यमा आयोजना गरेको हो । कार्यशालामा एनईसीका पूर्वप्रधानाध्यापक प्रा.डा. हरिकृष्ण श्रेष्ठ, वर्तमान कार्यवाहक प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारी र एनईसी सेन्टर फर पोस्ट ग्रेजुएट स्टडीजका निर्देशक प्रा. डा. ठुसिथा चाँदनी शाहीको सहभागिता रहेको थियो ।

प्रा. डा. विष्णुप्रसाद पाण्डेले उपलब्धतामा कमी, अनिश्चितता बढेको र डिजाइन बाढीमा परेको असरका कारण ताजा पानीमा बढ्दो तनावमा जलवायु परिवर्तनको सम्भावित प्रभावलाई केन्द्रित गर्दै मुख्य प्रस्तुति दिए । कार्यशाला रिजनल कोअपरेशन फर फ्रेशवाटर इकोसिस्टम सर्भिसेज इन हिमालयज (रिफ्रेस) : मनसुनको परिवर्तनशीलता र कम्पाउन्ड एक्स्ट्रिम्सका प्रभावहरू बुझ्ने परियोजनाअन्तर्गत आयोजना गरिएको हो ।

कार्यशालाको संयोजक नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका सहायक प्राध्यापक प्रतीकसिंह ठकुरी थिए ।

प्रकाशित : जेष्ठ ९, २०८१ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?