सिरोहियाको रिहाइको गर्न माग गर्दै जनकपुरमा प्रदर्शन

जेष्ठ ९, २०८१

कान्तिपुर संवाददाता

Demonstration in Janakpur demanding the release of Sirohia

जनकपुर — कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाको रिहाइको गर्न माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ । धनुषाको जनकपुरधाममा जनकपुर उद्योग वाणिज्य संघ, पत्रकार, व्यवसायी, नेपाल विद्यार्थी संघलगायतले प्रदर्शन गरेका हुन् ।

 यसैबीच  जिल्ला प्रहरी कार्यालय नजिकै प्रहरी र नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच घम्साघम्सी भएको छ । मंगलबार आफ्नै कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई रिहाइको माग गर्दै नेविसंघले गरेको प्रदर्शनमा प्रहरी र विद्यार्थीबीच घम्साघम्सी भएको हो । 

जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा सिरोहिया पक्राउको विरोधमा निकालिएको र्‍यालीलाई जिप्रका भन्दा करिब ५ मिटर वरै रोकिएको थियो । तर पछि नेविसंघले विरोध जुलुस निकाल्दै सुरक्ष घेरा तोडेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको हो । अहिले पनि घम्साघम्सी जारी छ ।

Demonstration in Janakpur demanding the release of Sirohia

कान्तिपुर

Link copied successfully