२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

काठमाडौँ — युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । 

यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ ।

यूएईमा दुई दिनदेखि परेको भारी वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको छ । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले बताएको छ । पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।

प्रकाशित : वैशाख ६, २०८१ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?