कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

उपप्रधानमन्त्री लामिछाने र इजरायली राजदूत गोदरबीच भेटवार्ता

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच भेटवार्ता भएको छ । लामिछानेलाई भेट्न राजदूत गोदर सोमबार गृहमन्त्रालय पुगेका थिए । 

उपप्रधानमन्त्री लामिछाने र इजरायली राजदूत गोदरबीच भेटवार्ता

गृहमन्त्रीका सचिवालय सदस्य प्रमोद न्यौपानेका अनुसार इजरायलमा रहेका नेपाली नागरिक, हमासले नियन्त्रणमा लिएका विपीन जोशीलगायतका विषयसँगै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

'उपप्रधानमन्त्री र राजदूतबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति साथै विपिन जोशीलाई सुरक्षित नेपाल फर्काउने लगायतका विविध विषयमा छलफल भएको थियो,' न्यौपानेले भने, 'उपप्रधान तथा गृहमन्त्रीले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गर्नुभयो । राजदूत गोदरले त्यहाँको अवस्थाको मूल्यांकनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गर्नुभयो ।'

गृहमन्त्री लामिछाने र राजदूत गोदरबीच नेपाल र इजरायलबीच कुन-कुन क्षेत्रमा सहकार्य हुनसक्छ भन्नेबारे पनि छलफल भएको थियो । कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, नेपाल र इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।

राजदूत गोदरले विपीन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको भन्दै उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहतस्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी उपप्रधानमन्त्री लामिछानेलाई दिएका थिए ।

प्रकाशित : चैत्र १२, २०८० १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?