कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

जनतामा आशा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव

काठमाडौँ — सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ । एमालेको आइतबार बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गर्दै सरकारलाई प्रभावकारी रूपमा काम गर्न सुझाव दिएको हो । 

जनतामा आशा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव

नयाँ सत्ता समीकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न एमालेले सरकारलाई सुझाव दिएको हो ।

सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र सवर्द्धनमा केन्द्रित भएर लाग्ने संकल्प पनि एमालेले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘नयाँ राजनीतिक सहयात्रा प्रारम्भ भइसकेपछि मुलुकमा केही मात्रामा आशाका सञ्चार भएको छ । हाम्रो पार्टी यो सरकारलाई र सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्दै अवरुद्ध भएको विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र संवर्द्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस संकल्प गरेको छ,' बैठकमा भएका छलफलबारे ज्ञवालीले भने, 'सरकारले पनि त्यही हिसाबले आफ्ना कामलाई अझ बढी चुस्त, अझ बढी समस्याकेन्द्रित र जनतामा आशा र भरोसा जगाउने गरी अगाडि बढोस् भनेर हामीले शुभकामना पनि दिएका छौं ।'

एमालेले रुसको राजधानी मस्को बाहिरको एउटा कन्सर्टमा भएको आतंककारी हमलाको निन्दा गरेको छ । उक्त हमलामा १ सय ३३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : चैत्र ११, २०८० १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?