२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

मुख्य सचिव अर्याल भन्छन् : मैले पठाएको खाता नम्बरमा पैसा जम्मा हुनु ठूलो कुरा होइन

काठमाडौँ — भ्रष्टाचारका करिब दर्जन कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको थुनामा रहेका सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र मुख्य सचिव वैकुण्ठ अर्यालबीच ‘संदिग्ध आर्थिक लेनदेन’ भएको पाइएको छ ।

मुख्य सचिव अर्याल भन्छन् : मैले पठाएको खाता नम्बरमा पैसा जम्मा हुनु ठूलो कुरा होइन

अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा सेक्युरिटी प्रिन्टिङमा पुनः नियुक्तिको दौडधुपमा रहेका पौडेलले तेस्रो व्यक्तिमार्फत रकम दिएको प्रमाण भेटिएको छ ।

यसै सन्दर्भमा मुख्य सचिव वैकुण्ठ अर्यालसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी :

सेक्युरिटी प्रिन्टिङमा ६९ करोड भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा बोकिरहेका र भ्रष्टाचारका दर्जन मुद्दामा अनुसन्धानका लागि अख्तियारको थुनामा रहेका विकल पौडेललाई तपाईंले खाता नम्बर पठाएको र त्यसमा रकम जम्मा भएको देखिन्छ, यो विषयमा तपाईंको भनाइ के छ ?

यो खासै ठूलो कुरो होइन ।

यसलाई हामीले के मान्ने त ?

मसँग त के कुरा भो र, हैन ? रोशनलाई देको होला नि त उल्ले ।

तपाईंले रोशनदर्शन बज्राचार्यको खाता नम्बर विकललाई पठाउनुभएको छ । पैसा जम्मा भएपछि भौचर विकलले तपाईंलाई पठाएको देखिन्छ । योचाहिँ कसरी भयो त ?

रोशनलाई कुनै काममा पठाएको होला नि त त्यो । रोशनसँगको हिसाब होला । रोशनको खाता नम्बर मागेको होला । अनि रोशनको खाता नम्बर विकललाई पठाइदिएको होला मैले ।

विकललाई सी–लिंक ट्राभलको बैंक खाता पनि पठाउनु भएको रहेछ, त्यसपछि नौ लाख जम्मा गरेको भौचर पनि तपाईंलाई पठाएको देखिन्छ नि ?

सी–लिंक ट्राभल एजेन्सी होला । त्यसमा पठाइदिएको होला ।

रोशन, सी–लिंक र विकलबीचको कारोबारको भौचर तपाईंको ह्वाट्सएपमा किन आयो त ?

रोशन र उनीहरूको हिसाब होला । खाता नम्बर मागेको होला, मैले पठाइदिएको हुँ कुनै बेला । अब ट्राभलको त ट्राभल कस्टहरू होला नि त त्यो । अन्य केही होइन । त्यस्तो केही होइन । कुनै सन्दर्भमा पठाएको होला खाता नम्बर । कतैबाट खाता मागेर पठाइएको होला । सक्किहाल्यो ।

रोशनदर्शन बज्राचार्यको खाता नम्बर तपाईंले विकललाई पठाउन’पर्ने बाध्यता कसरी आयो त ?

मसँग विकलले रोशनको खाता नम्बर मागेको थियो । मागेपछि पठाइदिएँ ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन १७, २०८० ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?