कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कार्यकर्ता भर्ती गर्न ल्याइएको 'प्रधानमन्त्री रोजगार कार्यक्रम' असफल भयो : पूर्वश्रममन्त्री अर्याल

काठमाडौँ — पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले 'प्रधानमन्त्री रोजगार कार्यक्रम' राजनीतिक दलका कार्यकर्ता भर्ती गर्न ल्याइएको बताएका छन् ।

कार्यकर्ता भर्ती गर्न ल्याइएको 'प्रधानमन्त्री रोजगार कार्यक्रम' असफल भयो : पूर्वश्रममन्त्री अर्याल

कान्तिपुर मिडिया ग्रुपले बिहीबार आयोजना गरेको ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको पहिलो सत्र 'आन्तरिक रोजगारी दशक, सफल पार्न सकस'मा प्रतिनिधिसभा सदस्यसमेत रहेका अर्यालले अध्ययनबिनै ल्याइएको कार्यक्रम सफल नभएको बताएका हुन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा त्यत्रो ठूलो रकम खर्च भयो, तर कार्यक्रमले के दियो ? कार्यक्रम केका लागि ल्याइयो । हामीले कार्यक्रम ल्याउदा समीक्षा गर्दैनौँ । समीक्षाबिना ल्यायएको कार्यक्रम सफल हुँदैन,’ उनले भने, ‘अहिलेको अवस्था विकराल छ । तर, यो अवस्थाबाट भाग्न पर्दैन, भाग्नुपर्ने अवस्था अवस्था छैन । समस्याको सामाधान समभव छ ।’

अर्यालले श्रमिकलाई न्यूनतमभन्दा न्यूनतम सीप सिकाउन आवश्यक रहेको बताए । त्यस्तै, व्यवहारिक शिक्षा पनि आवश्यक रहेको बताए । ‘२० दिन मन्त्रालय सम्हाल्दै गर्दा यही कुरा उठाएका थिए, तर मिडियाको साथीले अर्को परिभाषा गरिदिए,’ उनले भने, ‘जबसम्म हामीले न्यूनतमभन्दा न्यूनतम सीप सिकाउन जरुरी छ ।’

प्रकाशित : माघ २५, २०८० १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न गरेको निर्णय कस्तो लाग्यो ?

×