कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बाध्यतावश विदेसिने अवस्था अन्त्य गर्नुपर्छ : श्रममन्त्री भण्डारी 

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले राज्यले श्रमिकको श्रमको उचित कदर गर्न नसकेको बताएका छन् । श्रमिकहरूको उचित सम्मान हुन नसकेको उनको भनाइ छ ।

बाध्यतावश विदेसिने अवस्था अन्त्य गर्नुपर्छ : श्रममन्त्री भण्डारी 

बिहीबार काठमाडौंमा आयोजित ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको अन्तिम सत्र ‘श्रममन्त्रीको श्रम कति ?’ मा विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

श्रमिकहरूकै हकहिता संरक्षणका लागि सरकारले 'राष्ट्रिय आप्रवासन नीति' तर्जुमा गर्न समिति गठन गरेको पनि उनले बताए । वैदेशिक रोजगार नागरिकको अधिकार नै भएकाले रहरले विदेश काम गर्न जानेलाई रोक्न नसकिने तर, बाध्यतावश विदेशिनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । ‘मुलुकमै राम्रो काम पाउँदा पाउँदै पनि श्रमिक किन बाहिर गइरहेका छन्, त्यसबारेमा विचार गर्नुपर्नेछ,’ उनले भने ।

प्रकाशित : माघ २५, २०८० १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न गरेको निर्णय कस्तो लाग्यो ?

×