कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

स्थानीय तहबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री दाहाल

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

स्थानीय तहबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री दाहाल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, 'वैदेशिक रोजगार सूचना प्रणाली (एफइएमआइएस) लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला। साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोला ।'

प्रकाशित : पुस २४, २०८० १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौंका खोला किनारमा थप २० मिटर खाली गराउने सर्वोच्च अदालतको आदेशलाई लिएर भइरहेको बहस र विवादबारे तपाईं के भन्नु हुन्छ?

x
×