दक्ष जनशक्ति विदेसिँदा मुलुकलाई क्षति भइरहेको छ : परराष्ट्रमन्त्री मन्त्री साउद
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । उडान शैक्षिक केन्द्रले सोमबार काठमाडौंमा गरेको कार्यक्रम मन्त्री साउदले दक्ष जनशक्ति विदेशिने क्रमलाई रोक्नुपर्ने बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![दक्ष जनशक्ति विदेसिँदा मुलुकलाई क्षति भइरहेको छ : परराष्ट्रमन्त्री मन्त्री साउद](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/np-shaud-25122023103423-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
उनले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता अरु धेरै पढेलेखेका मानिसहरु विदेशिने क्रम रहेको र यसले देशको आर्थिक अवस्थालाई समेत असर परिरहेको धारणा राखे ।
दक्ष युवा जनशक्ति र क्षमतावान् व्यक्तिहरुले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने उनको भनाइ थियो । मन्त्री साउदले देशको कुल जनसंख्यामध्ये युवाहरुको जनसंख्या धेरै रहेको, तर देशले ती युवा जनशक्तिबाट लाभ लिन नसकेको बताए ।
‘डाक्टर, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीहरु बाहिरिने क्रम बढेको छ । अरु थुप्रै युवा जनशक्ति बाहिर गइरहेको छ,' उनले भने, 'देशको बुद्धिजीवी वर्ग बाहिर जानुलाई हामी ब्रेन ड्रेन भन्छौँ । जसमा हामीले लगानी धेरै लगाएका हुन्छौँ । तर त्यही जनशक्ति अर्को ठाउँको भिसा पाएर अर्को देशमा गएर काम गरिरहेको छ । हाम्रो लगानीमा उत्पादन भएको त्यो मेनपावर अर्काले प्रयोग गरिरहेको छ ।'
मन्त्री साउदले युवा जनशक्तिलाई परिचालन गरेर मात्रै मुलुकले आर्थिक संमृद्धि हासिल गर्न सक्ने बताए ।
प्रकाशित : पुस ९, २०८० १५:१८