कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

रास्वपा सभापति लामिछानेमाथि मञ्चमै आक्रमण, एक जना पक्राउ

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ । पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए । उनले प्रहार गरेको खोया मञ्चमै पुगेको थियो । 

रास्वपा सभापति लामिछानेमाथि मञ्चमै आक्रमण, एक जना पक्राउ

रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ । कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठका अनुसार रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

सभापति लामिछानेले सहकारीको कुरा गरेपछि* आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए । उनी सूर्यदर्शन सहकारीका बचतकर्ता* हुन् ।

सूर्यदर्शन सहकारीका सञ्चालक गितेन्द्र (जेबी) राई हुन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि राई फरार छन् । राईले उक्त सहकारीबाट ऋण लिएर ग्यालेक्सी फोर के टेलिभिजन खोलेको र ग्यालेक्सीमा उक्त सहकारीबाट लामिछानेले समेत ऋण लिएर संस्थापक सेयर लगानी गरेको फेला परेको थियो ।

रानाभाटले लामिछानेले समेत सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् ।

*(प्रस्तुत समाचारमा ‘लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेको’ उल्लेख भएकामा लामिछानेले सहकारीको विषय प्रवेश गर्नुअघि उक्त घटना भएको देखिएको छ । त्यस्तै ‘रानाभाट सूर्यदर्शन सहकारीका बचतकर्ता भएको’ विवरण अहिलेसम्म पुष्टि हुन नसकेकोले यी दुवै प्रसंग क्षमायाचनासहित सच्याइएको छ ।- सम्पादक)

प्रकाशित : पुस ७, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?