एनसेल किन्नेको घरमै गएर बसेको छु, तर गडबड गरेको भए छुट पाउन्नन् : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-ब्रिक्रीमा जोडिएका व्यक्ति आफू, कांग्रेस सभापति शेरबहदुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत चिनेजानेका व्यक्ति भएको तर चिनेकै भरमा उनले गरेको गडबडीले छुट नपाउने प्रतिबद्धता जनाएका छन् ।

एनसेल किन्नेको घरमै गएर बसेको छु, तर गडबड गरेको भए छुट पाउन्नन् : प्रधानमन्त्री

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले श्रीमती सीता दाहालको उपचारका लागि सिंगापुर गएका बेला आफू दुई दिन उनको घरमा बसेको समेत जनाकारी दिए ।

'बेलायतमा रातारात कम्पनी खडा गरेर किन्ने व्यक्तिलाई राम्रोसँग चिन्छु । सिंगापुरमा श्रीमती बिरामी भएका बेला गएको छु, दुई दिन बसेको छु । देउवाजी र ओलीजी पनि जानु भएको छ,' प्रधानमन्त्री दाहालले भने,' तर चिनेजानेको छ भन्ने हिसाबले अनुहार हेरेर व्यवहार गरिँदैन ।' उनले यो खरिद ब्रिक्रीमा धेरै जालझेल छ भन्ने आफूलाई पनि लागेको बताए । त्यसैले छानबिन समितिमार्फत छानबिन गरी दोषी देखिए कारबाही गर्ने दाहालको प्रतिबद्धता छ ।

बेलायतमा कम्पनी खडा गरेर एनसेलको ८० प्रतिशत शेयर सिंगापुर निवासी शतीशलाल आचार्यले खरिद गरेका छन् । यसअघि नेपालस्थित कम्पनी रजिस्ट्रारको कार्यालयमा आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा २० प्रतिशत शेयर कायम भइसकेको छ ।

प्रकाशित : पुस ३, २०८० १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?