१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

धनगढीबाट झुलाघाट जाँदै ओली

अर्जुन शाह

धनगढी — नेकपा एमालेले बिहीबारदेखि बैतडीको झुलाघाटबाट सुरु गर्न लागेको मध्य पहाडी लोकमार्ग पदयात्राका क्रममा मंगलबार साँझ धनगढी आइपुगेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेता बुधबार बिहान बैतडीको झुलाघाटतर्फ प्रस्थान गर्दैछन् ।  

धनगढीबाट झुलाघाट जाँदै ओली

एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा पदयात्रा गर्दैछ । यात्राका क्रममा राजमार्गमा पर्ने जिल्लाहरूमा एमालेले कार्यक्रम गर्ने सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बताए ।

सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राका बीचमा डडेलधुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा कार्यक्रम हुने जैशीले बताए ।

‘दयात्राको टोलीलाई सुदूरपश्चिमको टोलीले वनखेतमा कर्णालीको टोलीलाई हस्तान्तरण गर्नेछ । १९ दिनसम्म सञ्चालन हुने उक्त पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे पनि छलफल बहस र अध्ययन हुने उनले बताए ।

प्रकाशित : मंसिर १३, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?