२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जनतालाई दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन : नेता भण्डारी

अमृता अनमोल

बुटवल — कांग्रेस नेता चन्द्र भण्डारीले जनताको पहुँच सरकारमा पुर्‍याउन बनाएको संयन्त्रले ध्यान पुर्‍याउन नसक्दा नागरिकका कुरा सरकारले सुन्ने वातावरण नभएको बताएका छन् । यसले नागरिकका माग सम्बोधन गर्न र संविधान कार्यान्वयन गर्न समस्या भइरहेको उनले बताए ।

जनतालाई दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन : नेता भण्डारी

रुपन्देहीको तिलोत्तमामा शक्रबारबाट सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव उदघाटन गर्दै नेता भण्डारीले नागरिकलाई दुःख पर्दा सरकारले सुन्न र बोल्न पर्ने भए पनि त्यस्तो वातावरण नभएको बताए ।

नेता भण्डारीले जनतालाई दुःख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको भन्दै सच्चिन आग्रह गरे । 'जनतालाई दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन । जनमैत्री सरकार बनोस् । जनताका कुरो सुनोस् । सच्चिनु पर्छ,' उनले भने ।

देशलाई लुट्ने थलो बनाइएको आरोप लगाउँदै उनले प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काममात्रै भएको टिप्पणी गरे । नेता भण्डारीले आफूले सदन तथा सडकबाट ८ देखि १६ प्रतिशत बैंक ब्याज बढाउने काम गलत भएको आवाज उठाउँदै आएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : मंसिर १, २०८० १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?