टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट

मंसिर १, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् ।

टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले  निर्णय बदरको आदेश मागेका छन् । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनहरु अहिले अध्ययनका क्रममा छन्  । सामाजिक सद्‍भाव  बिगार्न खोजेको भन्दै मन्त्रिपरिषद्को गत सोमबारको बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।  

कान्तिपुर

Link copied successfully