कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

ब्याट्री डाउन भएपछि सिमकोटमा थन्कियो निगमको जहाज 

जनकबहादुर शाही

हुम्ला — सिमकोट विमानस्थलबाट सोमबार नेपालगञ्ज उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिन नचलेपछि हुम्लामै थन्किएको छ । जहाज मर्मतका लागि प्राविधिक टोली आएको छ ।

ब्याट्री डाउन भएपछि सिमकोटमा थन्कियो निगमको जहाज 

जहाजको २ वटै इन्जिनको ब्याट्री डाउन छ ।

जहाज मर्मतका लागि समिट एयरको जहाजबाट ईन्जिनियर देवेन्द्र पुनको नेतृत्वमा ३ जना प्राविधिक टोली सिमकोट पुगेको थियो । सोमबार उनीहरुले इन्जिनमा भएको तार सर्टको मर्मत गरेका थिए । उक्त मर्मत गरेपछि नेपालगञ्ज जाने यात्रुलाई जहाजमा बोलाइएको थियो । तर जहाजको इन्जिन नै चलेन । इन्जिन नचलेपछि जाँच गर्दा ब्याट्री डाउन भएको प्राविधिकले बताएको नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलिराज हमालले जानकारी दिए ।

नाइन एन–एबीयू कलसाइनको निगमको जहाजमा आएको प्राविधिक समस्या समाधानका लागि ग्राउण्ड चार्जले डाउन भएका ब्याट्री चार्ज गर्नु पर्ने भएकाले सो मेसिन सिमकोटमा नहुँदा ग्राउण्ड चार्ज मेसिन नआएसम्म जहाज सिमकोटमै रहने हमालले बताए ।

सोमबार बिहान ८बजे नेपालगञ्जबाट सिमकोट आएको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला टेक्निकल समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ ।

नेपालगन्जबाट प्राविधिकबाट टोली आएर मर्मतपछि पनि उडान नहुने भएपछि गन्तव्यमा जान नपाएका यात्रुहरु समस्यमा परेका छन् ।

प्रकाशित : कार्तिक २८, २०८० १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?