२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

पोर्चुगलमा नेपाली दूतावास स्थापना हुने, सनिल नेपाल राजदूतमा सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा त्यहाँ रहेका नेपालीहरूको मागबमोजिम राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

पोर्चुगलमा नेपाली दूतावास स्थापना हुने, सनिल नेपाल राजदूतमा सिफारिस

साथै, बैठकले सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको छ । बैठकले पोर्चुगलमा नेपाल राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । पोर्चुगलमा हाल २० हजारभन्दा धेरै नेपालीहरू बसोबास गरिरहेका छन् । उनीहरूले लामो समयदेखि अलग्गै दूतावास कार्यालय स्थापना गर्न माग गर्दै आएका थिए ।

प्रकाशित : कार्तिक २३, २०८० १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?