कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनीत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले १० वर्षभन्दा लामो समयदेखि अधिवेशन हुन नसकेर विघटित अवस्थामा रहेको दलित संघमा अध्यक्ष मनोनीत गरेका हुन् ।

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनीत

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको धारा ४२ (१) (च) बमोजिम संघको अध्यक्षमा सुर्खेतका लोकबहादुर विश्वकर्मालाई मनोनीत गरेको जानकारी दिए ।

कांग्रेसले पार्टीका भ्रातृ संस्थाहरुले अधिवेशन गर्न नसकेकोमा त्यस्ता संघ/संगठनहरू विघटन गरी सभापतिलाई गठनको अधिकार दिएको छ । सभापति देउवाले यसअघि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत संस्थाहरुमा अध्यक्षसहित सदस्यहरु समेत मनोनीत गरिसकेका छन् ।

केन्द्रीय कार्यसमितिले दिएको अधिकारबमोजिम देउवाले सबै भ्रातृ संस्थामा आफ्नै पक्षका नेताहरुलाई मनोनीत गरेका छन् ।

उपसभापति पूर्णबहादुर खड्काका विश्वासपात्र लोकबहादुर यसअघि २०७९ को निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए ।

प्रकाशित : आश्विन १३, २०८० ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?