कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जनतालाई अधिकारसम्पन्न बनाउन नेम्वाङको भूमिका असाधारण : ओली

काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पुन:र्स्थापनामा जनताको पक्षमा सुवास नेम्वाङले असाधारण भूमिका खेलेको बताएका छन् । एमाले मुख्यालय च्यासलमा मंगलबार आयोजित श्रद्धाञ्जलीसभा 'संविधान र सुवास' मा अध्यक्ष ओलीले  पुनर्स्थापित संसदंले कति काम गर्न भन्ने चासो थियो त्यसमा नेम्वाङले असाधारण भूमिका खेलेको बताएका हुन् ।

जनतालाई अधिकारसम्पन्न बनाउन नेम्वाङको भूमिका असाधारण : ओली

'पुनर्स्थापित संसद्ले‌ कतिको काम गर्न सक्छ भन्ने थियो । त्यस समयको राजनीतिक नेतृत्वले राम्रो भूमिका खेल्यो,' ओलीले भने, 'सभामुखको रुपमा नेम्वाङले असाधारण भूमिका खेल्नुभयो । थुप्रै महत्वपूर्ण र युगान्तकारी निर्णयहरु पुनर्स्थापित संसद्ले‌ जेठ ४ मा गर्‍यो । राजाको सबै अधिकार खोसेर जननिर्वाचित प्रधानमन्त्रीमा सार्नुभयो ।'

ओलीले संविधानमा रहेको कमीलाई जेठ ४ गतेको घोषणाले पूरा गरेको पनि बताए । २०६३ सालको जेठ ४ गतेको पुनर्स्थापित संसद्ले‌ राजाको अधिकार कटौती गरेको थियो भने नेपाललाई हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष बनाएको थियो ।

उनले नेम्वाङ इलाममै विद्यार्थी हुँदादेखि नै आफ्नो सुमधुर सम्बन्ध रहेको स्मरण गरे । 'कहिले पनि हामी अर्को-अर्को ठाउँमा रहेनौं, सधैं एकै ठाउँमा रह्‍यौ,' उनले भने ।

प्रकाशित : आश्विन २, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?