३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

बजारभाउ अनुसार श्रमिकको पारिश्रमिक अत्यन्तै कम : मन्त्री भण्डारी

काठमाडौँ — श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बजारभाउ अनुसार श्रमिकको पारिश्रमिक अत्यन्तै कम रहेको बताएका छन् । उनले श्रमिकले श्रम गरेर आफ्नो दैनिकीमात्रै गुजार्न समेत कठिन हुने बताए ।

बजारभाउ अनुसार श्रमिकको पारिश्रमिक अत्यन्तै कम : मन्त्री भण्डारी

आइतबार श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउन माग लिएर मन्त्रालय पुगेको नेपाल ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरुसँग मन्त्री भण्डारीले आफू श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउनुपर्छ भन्ने विषयमा सकारात्मक रहेको बताए ।

उनले श्रमिकहरुको न्यूनतम पारिश्रमिक वैज्ञानिक ढंगले निर्धारण र वृद्धि हुने व्यवस्था गर्नुपर्ने बताए ।

'सरकारले सधैँ रोजगारदातासँग झगडा गरेर पारिश्रमिक निर्धारण गर्ने कुरा सम्भव छैन । श्रमिकहरुले समयअनुसार श्रमको मूल्य पाउने बातावरण सुनिश्चित हुनुपर्छ,' मन्त्री भण्डारीलाई उदृत गर्दै ट्रेड युनियन कांग्रेसका एक पदाधिकारीले भने,'त्यसकालागि सरकारले वैज्ञानिक ढंगले पारिश्रमिक तोकिने र वृद्धि हुने कानूनी प्रबन्ध गर्नु उचित हुन्छ । त्यसकालागि मेरो पूर्णरुपमा प्रतिवद्धता छ ।'

उनले अहिले पनि श्रमिकहरुको पारिश्रमिक बढाउने विषयमा छलफल भइरहेको तर निर्णयमा पुग्न नसकिएको बताएका छन् । ट्रेड युनियन कांग्रेसले भने श्रमिकहरुको न्यूनतम मूल्य २५ हजार पुर्‍याउन सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवर, महासचिव अजयकुमार राईसहितको टोलीले मन्त्रीलाई भेटेर यथासिघ्र श्रमिकको पारिश्रमिक बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, स्थानीय तहमा श्रमिकहरुको पन्जीकरण गर्नुपर्ने र नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित : असार ३१, २०८० १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?