२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

रास्वपा सभापति लामिछानेको प्रश्न- मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक खै ?

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक नल्याएकोमा आपत्ति जनाएका छन् । उनले अर्को बैठकमा विधेयक सदनमा प्रस्तुत नभए रास्वपाले संसद् सञ्चालन हुन नदिने चेतावनीसमेत दिए ।

रास्वपा सभापति लामिछानेको प्रश्न- मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक खै ?

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले भने, ‘यसअघिको बैठकमा कार्यसूचीमै थियो । हामीले प्रतिस्थापन विधेयकमार्फत त्यसलाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका थियौं । तर आजको कार्यसूचीमा यो किन आएन ?’

उनले सरकारले प्रतिपक्षी दलहरू मिटरब्याजसम्बन्धी विधेयकको विपक्षमा रहेको भ्रम छरेर सरकारले नै मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन नचाहेको भए त्यो दुःखद् हुने बताए । ‘मिटरब्याजसम्बन्धी विधेयक आजको कार्यसूचीमा यो किन आएन ? यो कसका कारणले रोकियो ? सरकारले सदनलाई यसबारे जानकारी दिनुपर्छ,’ उनले भने, ‘रास्वपा मिटरब्याजबाट पीडित सम्पूर्ण नागरिकहरूको पक्षमा छ । मिटरब्याजको पीडाबाट जसरी नागरिकहरू जीवन मरणको दोसाँधमा छन् । हामी यसलाई फास्ट ट्रयाकबाट पास गराउन प्रतिबद्ध छौं ।’


प्रकाशित : असार २९, २०८० १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?