३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

संसद् र समितिका बैठकमा श्रम शोषण भयो : कर्मचारी युनियन

'कर्मचारीको अहोरात्र खटाइलाई कमजोरीका रूपमा लिइयो'

काठमाडौँ — श्रम शोषण भएको भन्दै संसद् सचिवालयका कर्मचारीको विरोध जनाएका छन् । लामो समयदेखि कार्यालय समयभन्दा बाहेक बिहानदेखि रातिसम्म बैठक जारी भएका कारण आफूहरूको श्रम शोषण भएको उनीहरूले जनाएका हुन् । 

संसद् र समितिका बैठकमा श्रम शोषण भयो : कर्मचारी युनियन

संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले शुक्रबार एक सूचना जारी गर्दै संघीय संसद्का दुवै सभा र समितिका बैठकहरू अबेर चल्दा आफूहरू मारमा परेको जनाएका हुन् । सचिवालयका कार्यरत कर्मचारीको खटाइलाई संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति र अर्थ मन्त्रालयले कमजोरीका रूपमा लिँदै श्रम शोषण गरिरहेको उनको भनाइ छ ।

त्यसैको विरोधस्वरूप युनियनले शुक्रबार बिहान सांकेतिक रूपमा बैठक ३० मिनेटपछि मात्र सुरु गरेको हो । शुक्रबार बिहान ८ बजेदेखि संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि सुनुवाइ हुने कार्यक्रम थियो । तर कर्मचारीको विरोधका कारण केही ढिला सुरु भएको छ ।

अध्यक्ष बेल्वासेको अनुरोधमा भनिएको छ, 'संघीय संसद् सचिवालयका कर्मचारीहरूले विगत लामो समयदेखि कार्यालय समयबाहेक बिहान ८:०० बजेदेखि समितिहरूका बैठक र दुवै सभाका बैठक राति १०:०० बजेसम्म निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा सबैमा जानकारी गराउँदछौं । सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको अहोरात्र खटाईलाई संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समति र अर्थ मन्त्रालयले कमजोरीका रूपमा लिई गम्भीर श्रम शोषण गरिरहेको हुनाले आजको संसदीय समितिको बैठक सांकेतिक रूपमा ३० मिनट पछि मात्र सुरु हुने व्यहोरा अनुरोध गर्दछु ।'


प्रकाशित : असार १, २०८० ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×