कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

बजेट डडेलधुरा, गोरखा र नुवाकोटकेन्द्रित भयो भन्ने सुनेको छु : माधव नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोटकेन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन् । 

बजेट डडेलधुरा, गोरखा र नुवाकोटकेन्द्रित भयो भन्ने सुनेको छु : माधव नेपाल

बुधबार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्ने बारेमा त्यसको आधार खोज्ने बताएका हुन् । आधारबिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताए । उनले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरुसँग बुझ्ने पनि बताए । बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ । नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ । यो सुन्नमा आयो, त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो । त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो कि होइन, यसबारेमा सबैकुरा बुझ्न बाँकी छ, पार्टीका नेता र सत्तामा रहेका नेताहरुसँग भेटेर कुरा गर्नेछु,’ उनले भने ।

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुसी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न सहरमा पुगेर प्रवासी नेपालीहरुसँग भेट गरेको बताए ।

प्रकाशित : जेष्ठ २४, २०८० १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?