कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन : अध्यक्ष ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लक्षित गर्दै उनले कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने कुरा सह्य नहुने बताए ।

कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन : अध्यक्ष ओली

राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले एमालेले भ्रष्टाचारलाई समर्थन नगर्ने बताएका थिए ।

'भ्रष्टाचार एमालेले सहँदैन । तर एमालेविरुद्ध यसलाई पनि तान उसलाई पनि तान भनेर निर्देशन दिन्छ भने, कसैलाई खेदीखेदी हतकडी लगाउने र कसैलाई सोधपुछ नै नगर्ने भन्ने स्वीकार्य हुँदैन,' अध्यक्ष ओलीले भने ।

उनले भनेका छन्, 'मैले भ्रष्टहरु नजोगिउन् भनेँ । यसको अर्थ छ । उहाँ भ्रष्टहरुलाई जोगाउने र अनावश्यक मानिसलाई पोल्ने लगाउने काम गरिरहनु भएको छ । मैले समयमै प्रधानमन्त्रीलाई भनेक छु निर्दोषलाई फसाउने कोसिस नहोस् कोही पनि भ्रष्ट नजोगिउन् ।'

यस्तै एमालेतर्फ लक्षित गर्ने दुस्साहास कसैले गर्छ भने त्यसको जवाफ आफूहरुले दिने पनि उनको चेतावनी थियो ।

नक्कली शरणार्थी काण्डमा एमाले सचिव टोपबहादुर रायमाझीसहितका नेताहरु मुछिएपछि अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो । उक्त प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी भने फरार रहेका छन् ।

प्रकाशित : वैशाख २५, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?