२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४३

खानेपानीमन्त्री खानले दिए राजीनामा

काठमाडौँ — खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् । 

खानेपानीमन्त्री खानले दिए राजीनामा

मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । यसअघि प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने बताएका थिए ।

पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि जनमतलाई उद्योग मन्त्री दिइने भनिएको थियो । सुरुमा बिनाविभागीय जिम्मेवारीमा रहेका खानलाई पछि खानेपानीको जिम्मा दिइएको हो । मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै खान केही दिनसम्म मन्त्रालयको कार्यभार सम्हाल्न गएका थिएनन् । पछि प्रधानमन्त्री दाहालसँगको छलफलपछि मात्र उनी मन्त्रालय गएका थिए । पछिल्लो पटक पनि दलहरूको छलफलमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने भनिए पनि खानेपानीमै राखिएपछि असन्तुष्ट बनेका हुन् ।

खानले आफूहरूसँग गद्दारी गरिएको प्रतिक्रियासमेत दिएका छन् । राजीनामापछि उनले प्रतिक्रिया दिँदै भनेका छन्, 'अघिल्लो पटक पनि उद्योग मन्त्रालय दिने भनियो र अन्तिममा दिनुभएन । अहिले पनि सुरुमा उद्योग दिने भनियो तर दिएनन् । गद्दारी गरियो । सरकारबाट बाहिरिन मन्त्रीबाट राजीनामा दिएका हौँ।'

प्रकाशित : चैत्र १७, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×