राष्ट्रिय जनगणना २०७८

३१ प्रतिशत घरमूली महिला

काठमाडौँ — नेपालमा बसोबास गर्ने कुल परिवारमध्ये ३१ प्रतिशत परिवार महिलाले चलाउने गरेको तथ्य सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा हाल ६६ लाख ६६ हजार ९३७ परिवार छन् । तीमध्ये ३१.५५ प्रतिशत परिवार भने महिलाले चलाउँछन् अर्थात् ती परिवारका मूली महिला हुन् ।

३१ प्रतिशत घरमूली महिला

त्यस्ता घरको आर्थिक व्यवहार महिलामा निहित छ । जुन १० वर्षअघिको भन्दा ५ प्रतिशतले बढी हो ।

जनगणनामा कम्तिमा १० वर्ष उमेर पुगेको र परिवारको व्यवहार चलाउने भूमिका निर्वाह गरिरहेको आधारमा घरमुली मानिएको छ । जसअनुसार ४५ लाख ६३ हजार ६५९ परिवार अर्थात् ६८.४५ प्रतिशत घर पुरुषले चलाउँछन् । त्यसबाहेक २१ लाख ३ हजार २७८ परिवार महिलाले चलाएका छन् ।

भौगोलिक क्षेत्रअनुसार पहाडी क्षेत्रका धेरै घर महिलाले चलाउँछन् । प्रदेशगतरुपमा हेर्दा गण्डकी प्रदेशमा ३४.५७ प्रतिशत घर महिलाले चलाएका छन् ।


प्रकाशित : चैत्र १०, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?