कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
राष्ट्रिय जनगणना २०७८

७३ प्रतिशत नेपालीले चलाउँछन् स्मार्टफोन

काठमाडौँ — नेपालमा बसोबास गर्ने ७३ प्रतिशत मानिसहरू स्मार्ट मोबाइल फोनमा पहुँचमा देखिएको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा बसोबास गर्ने मानिसहरूमध्ये ७३ प्रतिशत मानिसहरूसँग स्मार्ट मोबाइल फोनको पहुँच छ ।

७३ प्रतिशत नेपालीले चलाउँछन् स्मार्टफोन

साधारण मोबाइल फोनमा भने ७३.२ प्रतिशतको पहुँच छ । जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्यान्डलाइन, मोबाइल फोन, कम्प्युटर, इन्टरनेट, सवारीसाधन लगायत १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो ।

त्यसबाट प्राप्त परिणामकाआधारमा ३.९ प्रतिशत परिवारहरूमा कुनै पनि किसिमको सुविधा छैन भने ९६.१ प्रतिशत परिवारमा कुनै न कुनै किसिमका उपकरणहरूको पहुँच पुगेको छ ।

प्रतिवेदनअनुसार ३४.२ प्रतिशतले नेपालीले रेडियो सुन्छन् भने टेलिभिजन ४९.४ प्रतिशतको मात्रै पहुँचमा छ । १५ प्रतिशत नेपालीसँग कम्प्युटर छ भने ३७.८ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् ।


प्रकाशित : चैत्र १०, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×