कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले सोमबार १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी गराए ।

प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिन लागेका हुन् । पुस १० गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १४ र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरुप प्रधानमन्त्री दाहालले फेरि संसद्‍बाट विश्वासको मत लिनुपर्ने भएको हो ।

दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० राजनीतिक दलले समर्थन गरेका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?