निर्देशक प्रताप सुब्बाकाे निधन 

चैत्र २, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्देशक प्रताप सुब्बाको निधन भएको छ । झन्डै ४ वर्षदेखि बिरामी अवस्थामा रहेका सुब्बाको सिलीगुडिस्थित अस्पतालमा निधन भएको निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले जानकारी दिइन् । 

सुब्बाले 'परालको आगो', 'दिदी', 'बाँच्न चाहनेहरू','मसाल', 'चट्याङ' लगायतका फिल्महरू निर्देशन गरेका थिए । त्यस्तै विभिन्न नाटकदेखि डकुमेन्ट्रीमा पनि सुब्बाकाे दख्खल थियाे ।

कान्तिपुर

Link copied successfully