कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जनयुद्ध पृष्ठभूमिबाट आएका अन्य पार्टीका नेताको हामीसँग ऐक्यबद्धता छ : महरा

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले द्वन्द्वकालीन मुद्दालाई संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार निष्कर्षमा पुर्‍याउनुपर्ने मान्यतामा सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएर हाल अन्य पार्टीमा रहेका नेताहरूको पनि रहेको बताएका छन् । 

जनयुद्ध पृष्ठभूमिबाट आएका अन्य पार्टीका नेताको हामीसँग ऐक्यबद्धता छ : महरा

प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालीन घटनालाई लिएर मुद्दा दर्ता भएपछि माओवादी घटकले आइतबार पत्रकार सम्मेलन गरेका थिए । काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा माओवादी घटक ९ राजनीतिक दलहरू सहभागी थिए ।

पत्रकार सम्मेलनमा संयुक्त विज्ञप्ति पनि सार्वजनिक गरिएको थियो । विज्ञप्ति र ९ दलको धारणाप्रति अन्य पार्टीमा रहेका नेताहरूको पनि ऐक्यबद्धता रहेको महराले बताए । 'हामी ९ पार्टी जुटेका छौं । जनयुद्धको पृष्ठभूमिबाट आउनुभएका अरु पार्टीमा रहेका साथीहरूले पनि सम्पर्क गरिरहनुभएको छ । उहाँहरूको पनि यसमा ऐक्यबद्धता छ । तर उहाँहरू उपस्थित हुन सम्भव भएन,' उनले भने ।

माओवादी घटक दलहरू र विगतमा माओवादीमा संलग्न भएर हाल अन्य पार्टीमा रहेका नेताहरूले पनि शान्ति सम्झौताप्रति प्रतिबद्धता जनाएको उपाध्यक्ष महराले बताए । माओवादीले राज्य पुनर्संरचना लगायतका लागि संघर्ष गरेको र शान्ति सम्झौतामा आएको तर हाल मुलुक प्रतिगमनको दिशामा अगाडि बढिराखेको आशंका महराले गरेका छन् ।

माओवादी नेतृत्वमा भएको सशस्त्र विद्रोहमा नेतृत्व गरेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापालगायत नेता हाल नेकपा (एमाले)मा क्रियाशील छन् । उनीहरूलाई लक्षित गरेर महराले अभिव्यक्ति दिएका हुन् ।


प्रकाशित : फाल्गुन २८, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?