जसपा सांसद शहनाज रहमानको निधन

फाल्गुन १३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीकी सांसद  शहनाज रहमानको हृदयघातका कारण निधन भएको छ ।

शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जसपाका प्रवक्ता  मनीष सुमनले जानकारी दिए । पिकनिकमा एक्कासि ढलेपछि तत्काल अस्पताल पुर्‍याइए पनि उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । 

समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी थिइन् । झापाकी स्थायी बासिन्दा रहेकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् । रहमान जसपाकी केन्द्रीय सदस्यसमेत थिइन् ।

कान्तिपुर

Link copied successfully