२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री श्रेष्ठको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक आन्दोलनका अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।

नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री श्रेष्ठको निधन

कोभिड संक्रमित भएपछि उनको छातीमा समस्या देखिँदै आएको थियो । केहीदिनदेखि श्वासप्रश्वासको समस्या बल्झिएपछि उनी काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको निधन भएको अस्पातलका न्युरोसर्जन डा. बसन्त पन्तले पुष्टि गरे ।

मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार श्रेष्ठको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । परिवारका सदस्यहरू विदेशमा रहेकाले उनीहरू आएपछि मात्रै श्रेष्ठको अन्येष्टिको प्रक्रिया थालिने उनले जानकारी दिए ।

जनआन्दोलनपछि २०४७ सालमा बनेको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका थिए । नागरिक समाजबाट स्वतन्त्र व्यक्ति सहभागी हुने भएपछि उनी स्वास्थ्यमन्त्री भएका थिए ।

कम्युनिटी मेडिसिनका प्राध्यापक श्रेष्ठले नेपाल सरकारको चिकित्सा पेसा अध्ययन र अध्यापानमा पाठ्यक्रम निर्माणमा महत्वपूर्ण काम गरेका थिए । जनस्वास्थ्यको क्षेत्रमा समुदायस्तरको प्राथमिक उपचार नेपालजस्ता मुलुकलाई उपयुक्त हुने भन्दै उनी त्यसको पैरवी गरिरहन्थे । चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको स्थापनामा उनको सक्रिय भूमिका थियो ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मानव अधिकार आन्दोलनका अगुवा तथा वरिष्ठ वामपन्थी बुद्धिजीवी श्रेष्ठको निधनको खबरले आफूहरू अत्यन्त दुःखी भएको सामाजिक सञ्जालमा श्रद्धाञ्जली प्रकट गरेका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?