१७८ औं मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापित

फाल्गुन ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले १७८ औं मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । नेपाल र मलावीबीच बिहीबार द्वीपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको लागि नेपालका राजदूत अमृतकुमार राई र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि मलावीकी राजदूत एग्नेस मेरी चिम्बिरी–मोलान्डेबीच दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा हस्ताक्षर भएको हो ।

मलावी दक्षिण पूर्वी अफ्रिकाको भूपरिवेष्ठित राष्ट्र हो । परराष्ट्र मन्त्रालयका अनुसार यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १७८ पुगेको छ ।

कान्तिपुर

Link copied successfully