२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
तस्बिरहरू

‘भीभीआईपी चाहिँदैन, जनता कुट्न पाइँदैन’

चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ — चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलमा शनिबार प्रदर्शन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

‘भीभीआईपी चाहिँदैन, जनता कुट्न पाइँदैन’

उनीहरुले भीभीआईपी चाहिँदैन, जनता कुट्न पाइँदैन, बर्दी लगाएका गुन्डा मुर्दावाद, स्वास्थ्यकर्मी माथि हिंसा बन्द गर लगायतका नारासहितका प्लेकार्ड बोकेर उक्त घटनाको विरोध गरेका छन् ।


प्रहरीको कुटपिटबाट ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह टाउको र हातमा चोट लागेपछि ट्र्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको छ । डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल अधिकृत डाक्टर जाफिर आलमलगायतमाथि पनि हातपात भएको छ ।


यसैगरी, दोषीलाई कारबाही नभएसम्म वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ओपीडी सेवामा आफूहरू सहभागी नहुने चिकित्सकहरूले बताएका छन् । चिकित्सक कुटपिटको विरोधमा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका आवासीय चिकित्सकहरूले आंशिक रूपमा सेवा प्रवाहमा अवरोध गरेका छन् ।



प्रकाशित : माघ २८, २०७९ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?