कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

दुईदिने भ्रमणका लागि नेपाल आइपुगिन् समान्था

काठमाडौँ — यूएएआईडीमार्फत् विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहेकी समान्था पावर दुईदिने भ्रमणका लागि मंगलबार बिहान नेपाल आइपुगेकी छन् । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यही उच्च तहको भ्रमण हो ।

दुईदिने भ्रमणका लागि नेपाल आइपुगिन् समान्था

नेपाल आएलगत्तै समान्था भक्तपुर पुगेकी छन् । अमेरिकी दूतावासका अनुसार उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग भेट्ने कार्यक्रम रहेको छ ।

समान्थाको यस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । पावरले आफ्नो भ्रमण अवधिमा नेपालका नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले जनाएको छ ।

साथै, उनले भ्रमणमा नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ । यस क्रममा नेपालमा हालै गठन भएको नयाँ सरकारसँग आफ्नो संलग्नता बढाउने यूएसएआईडीको प्रतिबद्धतालाई उजागर गर्ने पनि बताइएको छ । पावरको नेपाल यात्राले आर्थिक, मानवीय र भूराजनीतिक मुद्दाहरूको दायरामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । एउटा युद्ध रिपोर्टरबाट करिअर सुरु गरेकी पावर चर्चित लेखक (पुरस्कार विजेता), यूएनका लागि अमेरिकी राजदूत हुँदै यूएसएआईडीको प्रमुख तथा क्याबिनेट स्तरको उच्च अधिकारी बनेकी छन् ।

प्रकाशित : माघ २४, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?