अध्यागमनको सर्भर डाउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र गरेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन् ।

‘अध्यागमनको सर्भर बिग्रिएको यो पहिलो घटना होइन, बारम्बर बिग्रिरहन्छ,’महाप्रबन्धक ठाकुरले भने,‘यस्को वैकल्पिक व्यवस्था गर्न पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले थुप्रैपटक गृह मन्त्रालय र अध्यागन विभागलाई तोकेता गरिसक्दा पनि सुधार हुन सकेन ।’

सर्भर बिग्रिएका कारण यी ५ वटा वायुसेवाबाट तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुका कनेक्टिङ उडान छुट्ने भएका छन् । अहिले विमानस्थलमा यात्रुहरूले अध्यागमनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : माघ १४, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

रवि लामिछानेका समर्थकद्वारा काठमाडौंमा प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — रवि लामिछानेका समर्थकले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । रवि लामिछानेमाथि शुक्रबारको सर्वोच्च अदालतको फैसला खारेज गर्नुपर्ने भन्दै उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

संवैधानिक इजलासले शुक्रबार गरेको फैसलाका कारण लामिछानेले एकै पटक चार पद गुमाएका छन् । सांसद पद बदर भएसँगै उनले उपप्रधान तथा गृहमन्त्री पनि छाड्नुपरेको छ । त्यस्तै आफ्नै पार्टीको सभापति र सदस्य बन्न पनि उनी अयोग्य सावित भएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाअनुसार उपप्रधान र गृहमन्त्रीबाट पदमुक्त भएपनि रवि लामिछानेले एकै पटक दुई देशको नागरिकता र राहदानी बोकेको विषयमा अनुसन्धान हुन भने बाँकी नै छ ।

प्रकाशित : माघ १४, २०७९ १४:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×