१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपाल टी-२० लिगमा स्पट र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

काठमाडौँ — नेपाल टी-२० लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन् ।

नेपाल टी-२० लिगमा स्पट र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको जनाएको छ । नेपाल टी–२० लिगका खेलमा ‘म्याच फिक्सिङ र स्पट फिक्सिङ’ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई भ्रामक र मिथ्या सूचनामात्र दाबी गर्दै आएको छ । आदिलले लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए भने आलम भने कुनै टीमको सदस्य थिएनन् ।

पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु भेटेपछि त्यसमा संलग्नताको आशंकामा दुई क्रिकेटर पक्राउ गरेको हो ।

म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ । स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।

प्रकाशित : माघ ९, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?