रास्वपाको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार

माघ ८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन भएका छन् । आइतबार बसेको रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेता र दलको प्रमुख सचेतकमा सन्तोष परियारलाई चयन गरेको हो ।

श्रेष्ठ गत मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित भएका थिए भने परियार समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् ।

रास्वपाको संसदीय दलको नेताको रुपमा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसकेका छन् । पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय संसद्‍मा २० जना सांसद छन् ।

कान्तिपुर

Link copied successfully