संसद्‌मा सबैको प्रभावकारी सहयोगको अपेक्षा गरेको छु : सभामुख घिमिरे

काठमाडौँ — नवनियुक्त सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै पक्षको सहयोग हुने अपेक्षा गरेको बताएका छन् । संसद् सचिवालय सिंहदरबारमा कार्यभार सम्हाल्दै घिमिरेले नयाँ संविधान बनेपछि एक पटक संसद्को अभ्यास गरिसकेको भन्दै यसलाई अझै बढी मर्यादित र व्यवस्थित बनाउने बताए । 

संसद्‌मा सबैको प्रभावकारी सहयोगको अपेक्षा गरेको छु : सभामुख घिमिरे

'नयाँ संविधान बनेपछि संस्थाको एक पटक अभ्यास गरिसक्यौं । यसलाई नेपालीपनको हिसाबबाट अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने छ र त्यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु, प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने कुरा विश्वस्त छु,' घिमिरेले भने 'यसमा सबै पक्षको सहयोग हुन्छ भन्ने अपेक्षा गरेको छु ।'

तस्बिरहरू : इलिट जोशी/कान्तिपुर

झापा २ बाट नर्वाचित घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका हुन् । एमालेका नेता घिमिरेलाई सत्तारुढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।

प्रकाशित : माघ ६, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?