तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

सम्झना रसाइली

तनहुँ — नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मंगलबार भएको बहसपछि शाहलाई अदालतले सफाइ दिएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए ।

उनका अनुसार शाहविरुद्धको सुनुवाइमा अभियोग दाबी नपुगेकोले अदालतले फैसला सुनाएको हो । फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट रहेको उनले बताए ।

शाहविरुद्धको मुद्दाको अन्तिम सुनुवाइमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए ।

सोही प्रकृतिको मुद्दा नवलपुरमा दर्ता भएकोमा नवलपुर अदालतले शाहविरुद्ध गत भदौ २१ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको थियो । सोही फैसला अनुसार शाह तनहुँ कारागारमै रहने श्रेस्तेदार कुँवरले बताए ।

नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरी कार्यलयमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आफैं सम्पर्कमा पुगेका थिए । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

प्रकाशित : माघ ३, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

सत्ता गठबन्धनले ल्याउने राष्ट्रपति र सभामुखबारेको प्रस्तावमा छलफल गर्न कांग्रेस तयार

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता पद तटस्थ र संविधानको संरक्षण गर्नुपर्ने खालका भएकाले सत्तापक्षले ती पदका लागि अघि सार्ने प्रस्तावहरुमा छलफल गर्न तयार रहेको बताएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले यस्तो धारणा राखेको हो ।

बालुवाटारमा आयोजित बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका नेता रमेश लेखकले कांग्रेस प्रतिनिधिसभाको प्रतिपक्षी दल भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा चासो रहेको जानकारी गराएको बताए ।

'प्रमुख प्रतिपक्षी दलकै भूमिका निर्वाह गर्दै गर्दा र त्यसमै कायम रहेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने, सबै राजनीतिक दल र नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएकाले हामी प्रमुख प्रतिपक्षी दलमा भएर पनि यसको विषयमा छलफल गर्न तयार छौैं' लेखकले भने, 'प्रधानमन्त्रीले यी पदहरुमा छलफल गरेर अघि जान सकिन्छ कि भनेर भन्नु भएको छ । '

बैठकमा कांग्रेसले विश्वासको मत दिएपनि कांग्रेस प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल भएको र शेरबहादुर देउवा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उपस्थित भएको जानकारी गराएको थियो ।

प्रकाशित : माघ ३, २०७९ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×